+
Search

ताजा अपडेट +

पपुलर +

१९ उपसचिव र ३२ शाखा अधिकृतको सरुवा, १३ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी

पालिका लाइभ
२०८२ मंसिर ९, मंगलवार

काठमाडौं- १९ उपसचिव र ३२ शाखा अधिकृतसहित ५१ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारको निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार १३ जना कर्मचारीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ४ जना उपसचिवलाई विभिन्न नगरपालिकामा र ९ जना शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

४ जना उपसचिव र १३ जना शाखा अधिकृत गरेर १७ जना कर्मचारीलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ