+
Search

ताजा अपडेट +

पपुलर +

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन पदभार ग्रहण, प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छन् ।

बुधवार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले प्रशासनिक संघीयतालाई सुदृढ नबनाई संघीयता बलियो हुन नसक्ने बताइन् ।

कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गरिन् । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताइन् ।

मन्त्री न्यौपानेले भनिन्– ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्छ । प्रशासनिक संघीयतालाई सुदृढ नबनाई संघीयता बलियो हुन सक्दैन । संघीयता सुदृढ हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ ।’

मन्त्री न्यौपानेले जनतालाई आभास हुने गरी आफूले कार्य सम्पादन गर्ने दाबी गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ