+
Search

ताजा अपडेट +

पपुलर +

पक्राउ पुर्जी जारी भएपछि मेयर यादव फरार

पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडाैं– सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पुर्जी जारी भएको प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

नगर प्रमुख यादवले गत सोमबार हाजिर गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए ।

कुटपिटबाट शरीरका विभिन्न भागमा पनि चोट पटक लागेको प्रहरीले जनाएको छ ।

यादवको विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

सोही घटनामा मेयर यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

पक्राउ पुर्जी भएपछि मेयर यादव फरार भएका छन् । मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ