+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको दाबी: झापा–५ र सर्लाही–४ मा नेकपाका उम्मेदवार जित्छन्

पालिका लाइभ
२०८२ माघ २३, शुक्रबार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ र सर्लाही–४ मा आफ्नै पार्टीका उम्मेदवार जित्ने दाबी गरेका छन्।

शुक्रबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘ठुला नेताहरू भिडेको समाचार तपाईँहरूले मिडियामा देख्नुहुन्छ, झापा–५, सर्लाही–४ को चर्चा जताततै देख्नुहुन्छ,’ प्रचण्डले भने, ‘आज बिहान मात्रै ती ठाउँका स्वतन्त्र बुद्धिजीवी र पार्टीका साथीहरू म कहाँ आउनुभएको थियो।’

उनीहरूले आफूलाई तथ्यांक देखाएर दुवै क्षेत्रमा नेकपाका उम्मेदवारले चुनाव जित्ने दाबी गरेको उनले बताए । ‘ती ठाउँमा पनि जनताले भोट हाल्ने त नेकपामै हो भन्दै छन् रे। तर सामाजिक सञ्जालमा हाम्रा मान्छेको नाम पनि आउँदैन,’ प्रचण्डले भने । नाम नआए पनि जनताको मनमा छिरिसकेकाले आफ्ना उम्मेदवार जितेर देखाउने उनले दाबी गरे ।

दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ । झापा–५मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भिडेका छन् भने सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन्। गगनसँग रास्वपाबाट अमेरेशकुमार सिंह प्रतिस्पर्धी छन् । उनी सोही क्षेत्रबाट लगातार तीन चुनाव जितिसकेका छन्।

उता नेकपाले झापा–५ मा युवा नेता रञ्जित तामाङलाई उठाएको छ भने, सर्लाही–४ मा रजनिस राय उम्मेदवार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ