+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको विधान संशोधन गरिने, उपसभापति, महामन्त्रीसहित ४ पदाधिकारी थप

पालिका लाइभ
२०८२ पुष २०, आईतवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले पार्टी एकीकरण तथा संगठन विस्तारको क्रममा यसअघि विभिन्न पक्षसँग भएको सम्झौता कार्यान्वयन गर्न पार्टी विधान संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले विधान संशोधनमार्फत पार्टीका पदाधिकारी संख्या थप गर्ने प्रस्ताव पारित गरेको छ । थपिने पदहरूमा उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ रहेका छन् ।

यो संशोधन पार्टीमा नयाँ समूह तथा व्यक्तिहरूको समायोजनलाई व्यवस्थित गर्न तथा संगठनलाई थप सुदृढ बनाउन लक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ