+
Search

ताजा अपडेट +

पपुलर +

गगनलाई बधाइ दिंदै सुजताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो

पालिका लाइभ
२०८२ माघ ३, शनिबार

काठमाडौं- नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै शेरबहादुर देउवा पक्षलाई परिवर्तन स्वीकार्न आग्रह गरेकी छन्।

गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिइसक्दा पनि देउवा पक्षले अस्वीकार गरिरहेका बेला नेता कोइरालाले सामाजिक सञ्जालमार्फत त्यसलाई आत्मसात् गर्न आह्वान गरेकी हुन्।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर, खुसी भएर अँगालो मार्नुपर्दछ’, कोइरालाले भिडिओ सन्देश जारी गर्दै भनेकी छन्, ‘नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’

उनले बधाईका साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिएकी छिन् ।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्ति र नडराउन सुझावसमेत दिएकी छिन् ।

उनले परिवर्तन स्वीकार्न र कानुनको व्याख्यातिर नलाग्न पनि असन्तुष्ट नेताहरूलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ