+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटना घटाउने भन्छौं, तथ्यांकले बढेको मात्रै देखाउँछ : सुनिता डंगोल

पालिका लाइभ
२०८२ पुष २६, शनिबार

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनीकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताएकी छिन् ।

शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीले ज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताइन् ।

आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको बताइन् ।

‘हामी सबैको जिम्मेवारी हो । बालबालिकादेखि, ज्येष्ठ नागरिकसम्म सबै क्षेत्रका नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ छ,’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ रहेको छ । हामीले दुर्घटना घटाउँछौँ भनिरहेका छौँ तर तथ्यांकले भने बढेको देखाइरहेको छ । सडक दुर्घटना घटाउन हामी सबै लाग्नुपर्छ । यसमा हामीले जिम्मेवारी लिनसके दुर्घटना न्युनिकरण हुँदै जान्छ ।’

उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरवाही गरेर सवारीसाधन चलाइरहेको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ