+
Search

ताजा अपडेट +

पपुलर +

भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन : बाबुराम भट्टराई

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १९, शनिबार

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपतिसहितको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताउँदै कडा आलोचना गरेका छन्।

फेसबुकमा भट्टराईले लेखेका छन्, ‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय प्रणाली र कानुनको भद्दा उल्लंघन हो। यसमा सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ।’

उनले थप चेतावनी दिंदै भनेका छन्, ‘यस्तो हिंसाको प्रवृत्तिलाई बेलैमा रोक्न नसकेमा सम्पूर्ण विश्वमा भयंकर अनिष्ट आउन सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ