+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीका एसएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली, अवकाशको एक साताअघि खेप्नुपर्‍यो मुद्दा

पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

काठमाडौं– नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले गिरीले पेश गरेको एसएलसी सरहको अध्ययन गरेको प्रमाणपत्र भारतको बिहार स्कुल परीक्षा बोर्डको पेश गरेकोमा अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

उनले नक्कली प्रमाणपत्र पेश गरी २०५२ साल मंसीर १६ मा नेपाल प्रहरीको नायब निरीक्षक (प्राविधिक) मा नियुक्त लिएर हाल वरिष्ठ उपरीक्षकमा बढुवा समेत लिएको भन्दै यसक्रममा सेवा सुविधा लिएकोले प्रचलित भ्रष्टाचार निवारण

ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ