+
Search

ताजा अपडेट +

पपुलर +

संघीय मन्त्रालयले गर्‍यो एकै पटक १७९ कर्मचारीको सरुवा

पालिका लाइभ
२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १७९ कर्मचारीको सरुवा गरेको छ।

सरुवा भएकाहरु सबै राजपत्र अनंकित प्रथम र द्वितिय श्रेणीका कर्मचारी हुन्।

मन्त्रालयले सरुवाको विवरण मंसिर २४ गते सार्वजनिक गरेको हो।

यस अघि नै मन्त्रालयले ०६७ देखि २०७३ सालसम्मका खरिदारहरु कार्तिक र मंसिरमा सरुवा भएर दुर्गममा पुगेका थिए । ती कर्मचारीहरु बढुवा प्रायोजनकै लागिमात्र दुर्गममा खटाइएको थियो । यसरी बढुवा प्रायोजनका लागि तरमारा खरिदार र सुब्बाहरुलाई दुर्गममा खटाइसके पछि मन्त्रालयले तीन महिनाका लागि बढुवा स्थगन भएको सूचना निकालेको थियाे ।

मन्त्रालयले गरेको परिपत्र अनुसार, नायब सुब्बा तहका कर्मचारीहरुको सरुवा ०८२ माघ मसान्तसम्म र खरिदार तहका कर्मचारीको सरुवा ०८२ फाल्गुण मसान्तसम्म स्थगित रहनेछ।

को कहाँ पुगे सूची हेर्नुहोस्

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ