+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक:

नगद कारोबारमा तोकियो नयाँ सीमा, पाँच लाख बढीको कारोबार अब बैंकबाट मात्र

पालिका लाइभ
२०८२ मंसिर १६, मंगलवार

काठमाडौं- सरकारले पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्र गर्ने गरी नयाँ प्रावधान ल्याएको छ।

माघ १ गतेबाट लागू हुनेगरी मन्त्रिपरिषद्ले यो निर्णय गरेको हाे।

सोमबार बसेको मन्त्रिपरिषद्ले पाँच लाखभन्दा बढीको खरिदविक्री बैंकबाट मात्र गर्नेगरी नयाँ प्रावधान ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए। यसअघि १० लाखभन्दा माथिका कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्थ्यो।

एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको उनले बताए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा सुधार ल्याउन यो नीति ल्याइएको हाे।

‘अहिले ग्रे लिस्टको कारण पनि यसलाई थप सुधार गर्न ५ लाखभन्दा बढी रकम बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने नियम ल्याएको हो’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ