+
Search

ताजा अपडेट +

पपुलर +

सम्पादकहरूसँग ओली

‘यस्तै हो भने केपी ओली फेरि सरकारमा फर्किने अवस्था आउँछ’

जेनजीका ३ वटा माग थिए तर त्यसमा राजीनामा थिएन

पालिका लाइभ
२०८२ कार्तिक २, आईतवार १६:५९ गते

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीव्र रोष प्रकट गरेका छन्।

सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्‍याउने दाबी गरेका छन्।

आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘म माथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ। वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ, यो सरकार।’

उनले थपे ‘यस्तै हुँदै गयो भने केपी ओली सरकामा फेरि फर्कने अवस्था बन्छ। यो युवाबाट चल्दैन। केपी ओली फिर्ता ल्याऊ।’

सरकारले आफूलाई पीडितसँग भेट्न जान नदिएकोप्रति ओलीको आक्रोश थियो।

‘जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्त्वना दिन जान नपाउने?’ उनले प्रश्न गरे, ‘देशभित्र हिँडडुल गर्न जान नपाउने? कस्तो सरकार बन्या छ?’

उनले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

जेनजीका ३ वटा माग थिए तर त्यसमा राजीनामा थिएन

उनले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताएका छन्। ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन्।

उनले भने ‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु। जेनजीले उठाएका जम्मा तीन वटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनामाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ।’

यस्तै ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरूले पनि आत्मालोचना गर्नु पर्ने बताए ।

पत्रकारहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मालोचना किन नगरेको भनेर प्रतिप्रश्न गरे।

‘अरूले आत्मालोचना गरे, सम्पादकज्यूहरूले पनि गर्नु भयो होला,’ उनले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म। प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनुहोला भन्ने ठान्छु।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics