+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चमा दर्ता भयो प्रतिनिधिसभा विघटनविरूद्धको रिट, पेसी कार्तिक १२ गते

पालिका लाइभ
२०८२ आश्विन २९, बुधबार १७:२९ गते

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका छन् ।

रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ