+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुखले थाले दलहरूसँग छलफल

पालिका लाइभ
२०८२ आश्विन २९, बुधबार ११:०४ गते

काठमाडौं– सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन्।

पछिल्ला दिनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ