+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

पालिका लाइभ
२०८२ आश्विन २२, बुधबार

काठमाडौं– सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ । जसमा ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।

बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ