+
Search

ताजा अपडेट +

पपुलर +

कैदीबन्दीको कब्जामा रहेको कैलाली कारागारमा हरियारसहित सुरक्षाकर्मी प्रवेश

पालिका लाइभ
२०८२ श्रावण २५, आईतवार

धनगढी- कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । यसैबीच कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई हतियारसहित भित्र पठाएर गणना गर्न लागिएको हो ।

मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ । यसअघि कैदीले नै कारागार नियन्त्रणमा लिएर कसैलाई पनि भित्र छिर्न दिएका थिएनन् ।

भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कागारको ब्लक ‘ए’ र ब्लक ‘बी’ मा प्रवेश गरी भित्रको स्थितिबारे खोजतलास थालेका छन् । कारागारमा रहेका कैदीबन्दीको संख्यामा समेत अन्यौल सिर्जना भएकाले कैदीबन्दीको गणना समेत सुरक्षाकर्मीको टोलीले गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ