काठमाडौं- एसिसि पुरुष यू–१६ इष्ट जोन कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानसामु ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो।
पाचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो।
नेपालका लागि रौनकले १ सय ६८ रनको महत्वपुर्ण योगदान दिए।
उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे।
प्रतिक्रिया