+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नरको नियुक्ति ?

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं- मन्त्रिपरिषदको बैठक आज (सोमबार) साँझ बस्दैछ ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।

सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ