काठमाडौं– चैत मसान्तसम्म विप्रेषण आप्रवाह १०.० प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।
यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो।
प्रतिक्रिया