+
Search

ताजा अपडेट +

पपुलर +

स्कटल्यान्डमा हुने विश्वकप लिग-२ का लागि टोली घोषणा

पालिका लाइभ
२०८२ बैशाख २७, शनिबार

काठमाडौं- स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।

१५ सदस्यीय टोलीमा दिपेन्द्रसिंह ऐरी उपकप्तान दोहोरिएका छन्।

सो टोलीमा आशिफ शेफ, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमत र गुल्सन झा रहेका छन्।

यस्तै, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल परेका छन्।

त्यस्तै, रिजर्भ खेलाडीमा किरन ठगन्ना, लोकेश बम र रुपेश सिंहलाई राखिएको छ।

बसिर नन्दन र रिजन पछिल्लो समय नियमित टोलीमा थिएनन्।

नेपाली टोली

रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ