+
Search

ताजा अपडेट +

पपुलर +

ट्रम्प भन्छन्: आज ‘एउटा बिग न्युज’ दिँदै छु

पालिका लाइभ
२०८२ बैशाख २५, बिहीबार

काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहीबार ‘एउटा ठूलो र अत्यन्त सम्मानित देश’सँग ‘प्रमुख व्यापार सम्झौता’बारे छलफल गर्ने घोषणा गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत दिएको जानकारीअनुसार आज अमेरिकी समय बिहान १० बजे ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी उक्त सम्झौताबारे छलफल गरिने भएको हो।

उनले लेखेका छन्, ‘बिहीबार बिहान १० बजे ओभल अफिसमा एउटा ठूलो पत्रकार सम्मेलन हुनेछ, जहाँ एउटा ठूलो र अत्यन्त सम्मानित देशका प्रतिनिधिहरूसँग एउटा प्रमुख व्यापार सम्झौताबारे छलफल गरिनेछ। यो धेरै सम्झौतामध्ये पहिलो हो।’

तर यस विषयमा उनले विस्तृत जानकारी दिएका छैनन्।

ह्वाइट हाउसले ट्रम्पको उक्त पोस्टको स्क्रिनसट एक्स अकाउन्टमा पनि सेयर गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ