+
Search

ताजा अपडेट +

पपुलर +

रोकिएन हैदरावादको हारको सृङखला, गुजरात संग ३८ रनले पराजित

Shubman Gill (C) of Gujrat Titans and Sai Sudharsan of Gujrat Titans during the match 51 of the Indian Premier League season 18 (IPL 2025) between Gujarat Titans and Sunrisers Hyderabad held at the Narendra Modi Stadium, Ahmedabad on the 2nd May 2025 Photo by Vipin Pawar / Sportzpics for IPL
पालिका लाइभ
२०८२ बैशाख २०, शनिबार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई ३८ रनले हराएको छ । यो संगै शीर्ष स्थानको भिडन्त रोचक बनेको हो ।

यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ । २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।

नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो ।

गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले । साथै जोस बटलरले ३७ बला ६४ रन जोडे । साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए ।

हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए । गुजरातको १० खेलमा १४ अंक तथा हैदरावादको १० खेलमा ६ अंक छ ।

शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन् ।

रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमा छन् । आईपीएलमा आज रोयल च्यालेन्जर बंगलोरु (आरसीबी) र चेन्नाई सुपर किङ्स (सिएसके) खेल्दैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ