+
Search

ताजा अपडेट +

पपुलर +

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार

हुम्ला– अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुलीलगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरे पनि अदानचुलीमा खटाएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधालगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ