काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्।
मंगलबार नेपाल राष्ट्र बैंकसँग नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे।
उननले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाँचेको बताए। उनले त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाँच्ने अवस्था नभएको दाबी गरे।
उनले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उल्लेख गरे। उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए।
उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे।
उनले लोन टु भ्यालु रेसियो, जोखिम भारलगायतका विषयमा माइक्रो पोलिसीअन्तर्गत पर्ने बताए। त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने उनको भनाइ थियो।
उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे।
भिडियाे
प्रतिक्रिया