+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डसँग चिनियाँ टोलीको जिज्ञासा : नेकपा मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन?

पालिका लाइभ
२०७७ पुष १३, सोमबार

काठमाडौं- नेपाल भ्रमणका रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गु यचैले नेकपा अध्यक्ष प्रचण्डसँग अहिले नेकपामा देखिएको विभाजनको मिलनविन्दु के हुनसक्छ भनेर जिज्ञासा राखेका छन्।

अध्यक्ष प्रचण्डसँग खुमलटारमा आज बिहान गरेको डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले सो जिज्ञासा राखेको हो।

छलफलमा चिनियाँ उपमन्त्री गुओ यचौले सो विषय नेपालको आन्तरिक मामिला भएको र त्यसको आन्तरिक रुपमै समाधान हुनुपर्ने बताएका थिए। तर, नेपालमा स्थिरता होस् भन्ने आफूहरुको चाहना भएको उनले जोड दिएका थिए।

‘नेपालका आन्तरिक मामिला आन्तरिक रुपमै समाधान होस् भन्ने चीनको धारणा रहेको र सो मान्यतालाई आफूहरुले जहिले पनि सम्मान गर्ने बताउँदै चिनियाँ टोलीले अहिले देखिएको समस्याले नेपाल राजनीतिक अस्थिरतामा फस्ने हो की भन्ने आफ्नो चिन्ता व्यक्त गरेका थिए,’ चिनियाँ टोलीसँगको भेटपछि प्रचण्डको भनाइ उद्धृत गदै नेकपाका एक नेताले भने, ‘नेपाल राजनीतिक अस्थिरतामा नफसोस् भन्ने चिनियाँ चाहना रहेको देखियो।’

उनका अनुसार चिनियाँ टोलीले अहिले नेकपामा देखिएको विवादको अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन भन्ने जिज्ञास पनि राखेका थिए। चिनियाँ टोलीले यहाँको भूराजनीतिक अवस्थाका कारण पनि नेपालमा स्थिरता चीनको प्राथमिकतामा रहेको बताएका थिए।

भेटमा प्रचण्डले भने प्रतिनिधि सभाको पुनस्र्थापना मिलनविन्दु हुनसक्ने बताएको खुमलटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ