+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

पालिका लाइभ
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं- अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।

अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो।

बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्।

घिमिरेका अनुसार बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर २८४ इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो।

तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ।

दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ