+
Search

ताजा अपडेट +

पपुलर +

प्रस्तावित ‘दूर सञ्चार ऐन’मा देउवाकाे टिप्पणि – सरकारले फोन रेकर्ड गर्न खोज्यो

पालिका लाइभ
२०७६ श्रावण ७, मंगलवार

काठमाडाैं– प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अनधिकृत रुपमा फोन रेकर्ड (ट्रयाप) गर्न खोजेको आरोप लगाएका छन् ।

विरोधीलाई तह लगाउन सरकारले प्रस्तावित ‘दूर सञ्चार ऐन’ मार्फत फोन रेकर्ड गरेर जेल हाल्ने र जरिवाना लगाउने प्रपञ्च रचेको आरोप लगाएका हुन् ।

‘सरकारले टेलिफोन ट्रयापिङ गर्न खोज्दैछ’, बीपी स्मृति प्रतिष्ठानले राजधानीमा सोमबार गरेको कार्यक्रममा देउवाले भने, ‘यो कुरा हो ।’ फोनमा गाली गर्नेलाई कारबाहीको नाममा सरकारले विरोधीलाई ठेगान लगाउन खोजेको टिप्पणी उनले गरे ।

सरकार अधिनायकवादी दिशामा अघि बढेको पछल्लो प्रमण यही भएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ