काठमाडौं– त्रिभुवन आर्मी क्लबले मनद भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेर आर्मी च्याम्पियन बनेको हो।
आर्मीका लागि टंक बस्नेतले खेलको पाँचौ मिनेटमा गोल गरेका थिए। कप्तान भरत खवासले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेपछि आर्मीले उपाधि पक्का गरेको थियो।
आर्मीले सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि उसले गत साता विरगन्जको विशाल मेमोरियल कप जितेको थियो।
उपाधिसहित आर्मीले १६ लाख रुपैयाँ जितेको छ भने मनाङले ८ लाखमा चित्त बुझायो।
प्रतिक्रिया