+
Search

ताजा अपडेट +

पपुलर +

लुइँटेल भञ्याङ-भच्चेक सडक : कालोपत्र गर्न सवारी सञ्चालनमा रोक

पालिका लाइभ
२०७५ चैत्र १, शुक्रबार

गोरखा– एसियाली विकास बैंक ‘एडिबी’को करिब ६१ करोड रुपैयाँ सहयोगमा भूकम्प सहायता आयोजना अन्तर्गत निर्माण भइरहेको लुइँटेल भञ्याङ–आँपपिपल–हर्मी–थालाजुङ हुँदै भच्चेक जाने सडकमा सवारी रोक लगाइएको छ ।

उक्त सडक कालोपत्रेको काम सुरु भएकाले दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो । जिल्लामा यातायात गुरुयोजनाले पहिलो प्राथमिकता दिएको यो सडक खण्ड असार मसान्तैमा स्तरोन्नति सकिनु पर्ने भए पनि ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

दुई वर्ष अघि ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको सडक पहिलो खण्डको करिब ७० र दोस्रो खण्डको ७५ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आर्चायले जानकारी दिए।

‘गाडी चलाउँदा निर्माणाधीन सडकको संरचनामा क्षति पुग्ने र काममा अवरोध हुने अवस्था आयो’ उनले भने ‘प्राविधिक र व्यवहारिक दुवै कुरालाई हेरेर उक्त समयमा सवारी नचाउन आग्रह गरिएको हो ।’ वैकल्पिक सडक नभएकाको कारण उक्त समय बाहेक अन्य बेलामा भने सवारी चलाउन छुट दिइएको उनले बताए ।

३० किलोमिटर मध्येको सडक खण्ड पहिलो १७ किलोमिटर कामको ठेक्का लामा अमर जेभी र दोस्रो खण्डको १३ किलोमिटरको ठेक्का लामा कन्स्ट्रक्सन दिइएको छ ।

यो सडक क्षेत्र न २ को पालुङटारदेखि अजिरकाेट गाउँपालिकाको भच्चेक हुँदै लमजुङसम्म रहेको छ । तर, नयाँ गाउँबाट भच्चेक हुँदै लमजुङ जाने सडक खण्ड पनि निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ