+
Search

ताजा अपडेट +

पपुलर +

आज रास्वपा सचिवालय बैठक, स्थानीय तह उम्मेदवार छनोटको रुपरेखाबारे छलफल हुने

पालिका लाइभ
२०८३ बैशाख २०, आईतवार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ ।

साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।

बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेबाट निर्देशन जारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ