+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहलाई सुदृढ बनाउनुपर्छ : सभामुख अर्याल

पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास र सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे ।

उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटि गर्न नहुने बताए ।

उनले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सभामुखले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ