+
Search

ताजा अपडेट +

पपुलर +

२ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति

पालिका लाइभ
२०८२ मंसिर २९, सोमबार

काठमाडौं- सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासित भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरेको हो ।

दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन तथा लैजान पाउनेछन् । यसअघि भारतीय रुपैयाँ १ सयका नोट मात्रै बोक्न सरकारले अनुमति दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ