काठमाडौं- लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो ।
त्रिवि क्रिकेट रंगशालामा काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि शर्टले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले २३ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले १८ रनको योगदान गरे ।
काठमान्डुका लागि सन्तोष यादवले दुई विकेट लिए । त्यस्तै सन्नी पटेल, शाहब आलम, करण केसी र रशिद खानले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले बलिङ गरेको काठमान्डुले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । त्यस्तै आदिल आलम र जोन सिम्पसनले समान १८–१८ रन जोडे ।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित कुमार पौडेलले तीन तीन विकेट लिए ।
त्यस्तै रुवेन ट्रम्पलमनले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।
प्रतिक्रिया