काठमाडौं- मुक्तिनाथ विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये १३.५३ प्रतिशत सेयर बोनस र करसहित ४.६७ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने कम्पनीले स्पष्ट पारेको छ । हाल यस कम्पनीको सेयर मूल्य ४३६ रुपैयाँ छ ।
प्रतिक्रिया