+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीतिको प्रभाव

साउनदेखि घट्यो निक्षेपको ब्याजदर, कर्जा झनै सस्तिने, बचतकर्तालाई चिन्ता

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले साउन १ गतेदेखि लागू हुने गरी निक्षेपमा दिइने ब्याजदर घटाएका छन्।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत दर घटाएपछि बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा ल्याएसँगै, बैंकहरूले बचत र छोटो अवधिको मुद्दती निक्षेपमा न्यूनतम ब्याजदर २.७५ प्रतिशत कायम गरेका छन्। यसअघि ३ प्रतिशतभन्दा तल ब्याजदर ल्याउन नसकेका बैंकहरू अब नयाँ सीमाभित्र समायोजनमा उत्रिएका हुन्।

बुधवार बैंकहरूले सार्वजनिक गरेका नयाँ दरहरू अनुसार निक्षेपको ब्याजदर घटेसँगै कर्जाको लागत घट्ने र सो अनुपातमा कर्जा अझै सस्तो हुने अपेक्षा गरिएको छ।

जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले नीतिगत दर र बैंकदरलाई पनि क्रमशः ०.५० प्रतिशत विन्दु र ०.२५ प्रतिशत विन्दुले घटाएको छ। यसले वित्तीय प्रणालीमा तरलता अभिवृद्धि गराउँदै लगानी बढाउने विश्वास गरिएको छ।

पछिल्ला डेढ–दुई वर्षयता बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर क्रमशः घटाउँदै आएका छन्। नयाँ दरहरूले कर्जा प्रवाहलाई अझ सुलभ बनाउन मद्दत गर्ने विश्लेषण गरिन्छ।

अधिकतम ब्याज?

बैंकहरु वैशाख जेठ असार साउन
नबिल ५.७५ ५.७५ ५.७५ ५.५०
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ५.५ ५.५ ५.२५
माछापुच्छ्रे ५.५०
हिमालयन ५.५ ६.२५ ६.२५
नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.३५
एभरेष्ट ६.६१ ६.६४ ६.५५ ६.२५
एनआईसी एसिया ६.६ ६.६ ६.५५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२६
लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.५०
कुमारी ५.९२ ५.९१ ५.५१ ५.४१
सिद्धार्थ ५.७५ ५.७५ ५.७५
सानिमा ५.९५ ६.३३ ६.३३ ६.१८
एनएमबि ६.६ ६.६
प्रभु ६.१ ६.१ ६.१ ४.२५
ग्लोबल आइएमई
सिटिजन ५.६५ ५.६५ ५.६५ ५.५०
प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५
कृषि विकास ५.५१ ५.५१ ५.४५ ५.४०
नेपाल बैंक ५.१५ ५.४५ ५.४५ ५.४०
राष्ट्रिय वाणिज्य बैंक ५.५०
स्रोत : वाणिज्य बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ