+
Search

ताजा अपडेट +

पपुलर +

लायन्स क्लब आँबूखैरेनी अकलाको अध्यक्षमा सबिता मगर निर्वाचित

इमानजङ्ग बानियाँ
२०८२ बैशाख ८, सोमबार

गोरखा– लायन्स क्लब अफ आँबूखैरेनी अकलाको नयाँ अध्यक्षमा लायन सबिता थापा मगर निर्विरोध निर्वाचित भएकी छन्। वैशाख ७ गते माई छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न क्लबको वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।

साधारण सभाले लायन वर्ष २०२५–२६ का लागि कार्यसमिति गठन गरेको हो।

निर्वाचित अध्यक्ष मगरले सामाजिक सेवाका माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो उद्देश्य रहेको बताइन्। उनले सबै सदस्यहरूको सहकार्यमा क्लबलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा लायन तिलकुमारी श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन विमला श्रेष्ठ र तृतीय उपाध्यक्षमा लायन देवी देवकोटा चयन भएका छन्। सचिवमा लायन कुमारी गुरुङ, कोषाध्यक्षमा लायन कञ्चन गुरुङ, सह-सचिवमा लायन सुनिला न्यौपाने र सह-कोषाध्यक्षमा लायन शोभा श्रेष्ठ रहेका छन्।

क्लबको सल्लाहकारमा लायन पुष्पादेवी श्रेष्ठ, लायन अम्बिका श्रेष्ठ र लायन मिना अधिकारीलाई चयन गरिएको छ।

नयाँ कार्यसमितिले एक वर्षका लागि आफ्नो कार्यकाल सञ्चालन गर्नेछ।

साधारण सभामा पूर्वपदाधिकारीहरू, विभिन्न समितिका सदस्यहरू तथा स्थानीय लायन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। क्लबले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण, महिला सशक्तीकरण लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जानकारी दिइएको छ।

नयाँ नेतृत्वसहित क्लबले आगामी दिनमा सामाजिक सेवा अभियानहरूलाई थप सशक्त र स्थानीय आवश्यकता अनुसार सञ्चालन गर्ने जनाएको छ।

लायन्स क्लब अफ आँबूखैरेनी अकला लायन्स इन्टरनेशनलको एक सक्रिय शाखा हो, जसले समुदायको हितमा निरन्तर क्रियाशीलता देखाउँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ