काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दीपक भट्ट, सुलभ अग्रवाललगायतका व्यवसायीमाथिको धरपकड सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हट्नका लागि भएको भन्दै यसबाट अरू व्यवसायी आत्तिन नपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको कुराकानीका क्रममा मन्त्री वाग्लेले अन्य धेरै व्यवसायीको नाम भए पनि अहिले सरकार धरपकड गरेर आतंकित पार्ने पक्षमा नरहेको प्रस्ट पारे ।
भट्टलगायतको गिरफ्तारी गृह मन्त्रालयबाट नभई अर्थ मन्त्रालयकै पहलमा भएको समेत उनले खुलाएका छन् ।
मन्त्री वाग्लेले स्टक मार्केटमा त्रास सिर्जना हुनुपर्ने अवस्था नरहेको र व्यवसायीहरूलाई हतकडी लगाउने, जेल लैजाने तमासा सकेसम्म नगर्ने बताए ।
उनले आर्थिक अपराधको घटनामा आर्थिक दण्ड गराउनेतर्फ आफू अग्रसर हुने र निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा नरहेको प्रस्ट पारे ।
प्रतिक्रिया