+
Search

ताजा अपडेट +

पपुलर +

सेयर कारोबार अब सातामा चार दिन मात्रै

पालिका लाइभ
२०८२ चैत्र २२, आईतवार

काठमाडौं– अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार खोल्ने निर्णय गर्न सकिने नेप्सेका एक उच्च अधिकारीले बताए ।

‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा छलफल हुनेछ’ ती अधिकारीले भने ‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ ।’

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा ५ दिन नै सञ्चालन भएको थियो । यद्यपि सरकारले केही सातामै निर्णय फिर्ता गरेपछि शुक्रबारको साटो आइतबार नै कारोबार हुने गरी निर्णय भएको थियो ।

हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । सरकारको नयाँ निर्णयले तत्काललाई शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएको हो । शुक्रबार बजार खोल्नका लागि अब नेप्से सञ्चालक समितिले छुट्टै निर्णय गर्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ