+
Search

ताजा अपडेट +

पपुलर +

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

पालिका लाइभ
२०८२ चैत्र २२, आईतवार

काठमाडौं- सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।

सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ