+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाको संकल्प- भ्रष्टाचारविरुद्ध लोकपाल गठनदेखि ‘भोकमुक्त’ नेपालसम्म

पालिका लाइभ
२०८२ माघ २७, मंगलवार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध लोकपाल गठनदेखि देशलाई दुई वर्षभित्र ‘भोकमुक्त’ घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने घोषणा नेकपाको छ ।

आगामी निर्वाचनको लागि सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सम्पूर्ण नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुता सुनिश्चित गरिने उल्लेख छ।

घोषणापत्रमा भनिएको छ, ‘२ वर्षभित्र देशलाई भोकमुक्त नेपाल घोषणा गरिनेछ । खाद्य अभाव, कुपोषण वा अल्पपोषणको अवस्था अन्त्य गरिनेछ । विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोडेर पोषण सुरक्षा अभिवृद्धि गरिनेछ ।’

गर्भवती, सुत्केरी, बालबालिका र वृद्धवृद्धालक्षित पोषण कार्यक्रम प्रभावकारी बनाइने उल्लेख छ।

यी हुन् नेकपा घोषणापत्रका मुख्य हाइलाइट्स

भोकमुक्त नेपाल बनाउने

गरिबीको दर ५ प्रतिशतमा झार्ने ।

सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १ वर्षभित्र ‘अधिकार सम्पन्न स्वतन्त्र आयोग’

भनसुनमुक्त, मुहाररहित, र कागजरहित सेवा प्रवाह ।

वार्षिक ५ लाखलाई रोजगारी

दलित र अल्पसंख्यक युवालाई १० वर्षका लागि ५ प्रतिशतमा १ करोडसम्म ऋण

१ वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण र वर्गीकरण ।

५ वर्षमा थप १०,००० मेगावाट बिजुली

२० वटा शहरलाई ‘स्मार्ट सिटी’ र १०० वटा ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज’ बनाउने ।

२०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बीमा

केन्द्रमा २५ जना मन्त्रीबाट घटाएर विज्ञसहितको सानो आकारको मन्त्रिपरिषद्

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ