+
Search

ताजा अपडेट +

पपुलर +

दलहरुलाई निर्वाचन आयोगको निर्देशन, चुनावी घोषणापत्र फागुन ३ गतेभित्र पेस गर्नू

पालिका लाइभ
२०८२ माघ २७, मंगलवार

काठमाडौ– निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ । यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ ।

‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ आयोगले निकालेको विज्ञप्तिमा उम्मेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ