+
Search

ताजा अपडेट +

पपुलर +

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

पालिका लाइभ
२०८२ माघ २३, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अब की बार, सय पार’को नारा लगाउन कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नयाँ नारा लगाउन आग्रह गरेका हुन्। उनले ‘अब की बार, गगन सरकार’को सट्टा ‘अब की बार, सय पार’को नारा लगाउन भनेका हुन्।

थापाले भने, ‘अब की बार यो सरकार भन्ने नारा लगाउन छोडिदिनुस्। अब की बार सय पार भन्ने नारा लाउनुस्। मज्जाले बहुमतसम्म पुग्न सकिन्छ।’

अहिले कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएकाले सयभन्दा बढी सिट जित्ने उनको भनाइ थियो। त्यसका लािग चुनावी अभियानमा खटिनु पर्नेमा उनले जोड दिए।

चुनावलाई लिएर भइरहेका हल्लाबाट नतर्सिन कार्यकर्तालाई आग्रह गरे। संगठनको तागत भएको पार्टी भएकाले बहुमत ल्याउने उनले बताए।

त्यसका लागि चुनाव प्रचारशैली फेर्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रो तागत भनेको हामी घरघर, गाउँगाउँ पुग्न सक्छौँ, टोलटोल पुग्न सक्छौँ,’ थापाले भने, ‘हिजोको जस्तो चुनावी प्रचार प्रसारले हुँदैन। उमेदवार सँगसँगै घरदैलो भनेर हिँडेर मात्र पनि हुँदैन।’

उनले जनताका कुरा सुन्न आग्रह गरे। प्रश्नबाट नभाग्न सुझाउँदै थापाले भने, ‘जनताका कुरा सुन्नुपर्छ। कुरा सुनाउनुपर्छ। गाली गर्दा सुन्नुपर्छ। हामी गालीबाट भाग्ने मान्छे होइन। प्रश्नबाट भाग्ने शक्ति होइन।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ