+
Search

ताजा अपडेट +

पपुलर +

वित्तीय प्रतिवेदन :

३२ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने

पालिका लाइभ
२०८२ पुष २५, शुक्रबार

काठमाडौं– विदेशी मुद्रा सञ्चिति रकम ३२ खर्ब नाघेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चिति रकम ३२ खर्ब १ अर्ब रुपैयाँ बराबर पुगेको छ । जुन रकम हालसम्मकै उच्च हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म आउँदा यस्तो रकम १९.६ प्रतिशतले बढेको हो । असार मसान्तसम्म यस्तो रकम २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । अमेरिकी डलरमा पाँच महिनाको अवधिमा सञ्चिति रकम १३.५ प्रतिशतले बढेको हो । हालको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबर छ।

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ