+
Search

ताजा अपडेट +

पपुलर +

मधेश प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै

पालिका लाइभ
२०८२ पुष ६, आईतवार

काठमाडौं- मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ ।

प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ