+
Search

ताजा अपडेट +

पपुलर +

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराजले गरे आन्दोलनको घोषणा

पालिका लाइभ
२०८२ पुष ६, आईतवार

काठमाडौं–  जेनजी मिराज ढुङ्गाना समूहले भोलि (साेमबार)बाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सो समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे ।

उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ