काठमाडौं– निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीमाथि छानबिन सुरु गरेको छ ।
आयोगका अनुसार दलहरूबाट उम्मेदवारको बन्द सूची पाएसँगै छानबिन सुरु गरिएको हो । आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ ।
आयोगले क्लस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।
उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्द सूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
प्रतिक्रिया