+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएलको विजेता लुम्बिनीले १ करोड १० लाख पाउने, अरू कसले कति पाउँछन् ?

पालिका लाइभ
२०८२ मंसिर २७, शनिबार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

विजेता टिम लुम्बिनीले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ।

तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख पाउनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि पहिलो सिजनको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।

प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् ।

रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । संयुक्त रूपमा सर्वाधिक विकेट टेकर ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।

फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।

कुन खेलाडीले के जिते ?

१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी घोषित, पाए ओमोडा कार

२. लुम्बिनी लायन्सका शेर मल्ल बने प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी, पाए पल्सर बाइक

३. लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, पाए ५ लाख पुरस्कार

४. विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने बने प्रतियोगिताको उत्कृष्ट बलर, पाए पल्सर बाइक

५. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित, पाए पल्सर बाइक

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ