+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका कर्मचारीको समस्याबारे संघीय मामिला मन्त्रीको ध्यानाकर्षण

पालिका लाइभ
२०८२ श्रावण १६, शुक्रबार

काठमाडौं– स्थानीय तह कर्मचारी संघले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीलाई आस्थाका आधारमा हटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पेशागत महासंघ नेपालका नेतृत्वमा शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई भेटेर संघले स्थानीय तहका कर्मचारी माग र मुद्दाहरुबारे जानकारी गराएको महासचिव शम्भु बरालले जानकारी दिए ।

संघले स्थानीय तहले गरेका समायोजनलाई सम्मान गर्दै वृत्ति विकासमा मान्यता दिन, साबिक गाविस र जिविसबाट समायोजित कर्मचारीलाई जुन सेवा सर्त र सुवधामा नियुक्त गरिएको हो सोही बमोजिम समायोजनपछि पनि सुविधा उपलब्ध गराउन माग गरेको छ ।

पेशागत महासंघ नेपालका अध्यक्ष पुन्य ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेलसहितका नेतृत्वमा गएको टोलीले कर्मचारीका विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ