+
Search

ताजा अपडेट +

पपुलर +

ब्रम्हलुट

भिआइपीका नाममा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा ‘ब्रम्हलुट’

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

काठमाडौं– संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको नाम धेरैलाई थाहा नहुन सक्छ, तर यसभित्र भइरहेको अनियमितता र भ्रष्टाचारले सुशासनको आधार नै हल्लाइरहेको छ।

तर, यसभित्र हुने अनियमितता र कुकृत्यले सुशासनको तल्लो स्तरको नमुना देखाउँछ । भिआइपीका सुविधामा रहने यो कार्यालयले सामान्य नियमसमेत पूरा नगरी काम गरिरहेका हुन्छ । तर, यसबारे कुनै पनि तहले चासो राखेको पाइँदैन ।

कार्यालय प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ, नायब सुब्बा सुनिलकुमार रोकाय, इन्जिनियर उमेश चौधरी र लेखा प्रमुख रामकुमार श्रेष्ठको मिलेमतोमा ब्रह्म लुट भइरहेको छ । उनीहरूले सामान सप्लायर्सहरूसँग मिलेर अकुत आर्जन गरिरहेका छन् । उनीहरूका विषयमा  निकायमा पनि उजुरी परेको छ । तर, पैसाको भरमा उनीहरूले सबै क्षेत्र सामसुम पारेका छन् ।

केही दिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त कार्यालयमा छापा हानेको थियो । सम्पूर्ण कागजातमा स्ट्रिङ अपरेसन गरिएको थियो । तर, भिआइपीको ओछ्यानदेखि शौचालयसम्म रेखदेख गर्ने भएका कारण सोही पहुँचमा कर्मचारीहरूलाई कारबाही भएको छैन ।

त्यसो त पटक पटक विभिन्न सञ्चारमाध्यमले पनि यो विषय उठान गरिरहेको छ ।  अनौठो कुरा बिचौलियाहरू पो सञ्चारमाध्यममा यस्तो समाचार नलेख्न धम्की दिन आउने गरेका छन् । सरोज अधिकारी जो नेपाली काँग्रेसका नेता पनि भन्न रुचाउँछन् । खासमा उनी सामान सप्लायर्स हुन् ।

उनले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई धम्क्याएका हुन् ।  कांग्रेस निकट नै रहेका सुब्बा रोकायले बिचौलिया सप्लायर्स अधिकारीलाई त्यहाँ उठतीको लागि लगेको एक कर्मचारीले बताए ।

त्यसो त बिचौलिया अधिकारीले सञ्चारमाध्यमलाई फोन गरेर यो विषय मिलाउनु पर्छ भन्नुले पनि अनियमितताको पुष्टि हुन्छ ।  कर्मचारी प्रशासनको जिम्मेवारीमा रहेका सुब्बालाई स्टोरको पनि जिम्मा दिनुले पनि गडबड भएको स्पष्ट हुन्छ ।

कर्मचारी युनियनका नेताहरूलाई खुसी पार्नु पर्छ भन्दै सुब्बाले भागबन्डामा धेरै लिएपछि केही समय पहिले समस्या पनि भएको थियो । यस विषयमा कार्यालय प्रमुख भने आरोप मात्र भएको प्रतिक्रिया दिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ