+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो सिजन :

एनपिएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीको नाम दर्ता

पालिका लाइभ
२०८२ श्रावण १०, शनिबार

काठमाडौं- नेपाल प्रिमियर लिग दोस्रो सिजनका लागि खेलाडी अक्सन मिति सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले खेलाडीको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।

दोस्रो संस्करणका लागि खेलाडीको नाम दर्ता प्रक्रिया जुलाई १२ देखि २२ सम्मको मिति खुला गरिएको थियो ।

क्यानका अनुसार ४५८ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

दर्ता भएका सबै खेलाडीहरुको विवरण नेपाल प्रिमियर लिगमा सहभागी ८ वटै फ्रेन्चाइज टीलीहरुले इच्छ्याएका खेलाडीहरुको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ